राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सन्धिखर्कमा जनसभा सम्पन्न, मंसिर ४ गते निर्वाचन नभए मुलुक संकटमा फस्ने चित्र बहादुर के.सीको भनाई


 

शोभाखर पन्थी

 

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर के. सी. ले मंसिर ४ को निर्वाचनको विकल्प नभएको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा आज सन्धिखर्कमा आयोजित जनसभा  लाई संभोधन गर्दै के. सी. ले चुनावको जिम्मा लिएका प्रमुख ४ दलकै कारण निर्वाचनको बातावरण  विग्रदै गएको आरोप लगाउनु भयो ।


प्रमुख ४ दलले मुखले मात्र निर्वाचनका ठुला-ठूला कुरा गरे पनि नेकपा-माओवादी लाई दोष लगाएर स्वयं निर्वाचनको  विपक्षमा लागेको उहाँको भनाई थियो ।

 

आगामी मंसिर ४ गते निर्वाचन नभए मुलुकको अवस्था झनै  संकटमा फस्ने भन्दै ,के. सी. ले गणतन्त्रको संस्थागत विकास र मौलिक अधिकार रक्षाको लागि सवै शक्तिहरुवीच एकता कायमगरी  निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भयो । संघियता मुलुकको लागि अभिसाफ रहेको बताउदै, के.सी. ले संघियताकै कारण अघिल्लो संविधान सभाले संविधान दिन नसकेको तर्क राख्दै, आगामी निर्वाचनमा संघियता विरोधि दल लाई जिताउन मतदातालाई आग्रह गर्नु भयो ।

 


 

जनताले सहि ठाउँमा  मतदान नगरे मुलुक सिक्कीमीकरण हुने  भन्दै ,उहाँले व्यक्तिगत स्वार्थ र सत्ताको लागी बैदेशीक शक्तिकेन्द्रका सामू आत्म समर्पणगर्ने दल र त्यसका नेतालाई प्रास्त पार्न जनतालाई आवहान गर्नु भएको ।

 

तराईमा किर्ते नागरिकता वितरण गरेर लाखौ भारतीय नागरिक भित्राउने काम गरेको भन्दै उहाले नेपाली नागरिकताको प्रमाणपत्र छानविनको लागि राज्यको ध्यानाकर्षण गराउनु भयो ।

 

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका महासचिव शन्त बहादुर नेपाली ले जनयुद्वको समयमा भारतीय विस्तारवाद का विरुद्व लड्ने भन्दै सुरुङ्ग खन्ने एमाओवादी का नेताहरुले भारतीय सासकका सामु आत्म समर्पण गरेर घुँडा टेकेको आरोप लगाउनु भयो । एमाओवादी अध्यक्ष प्रचण्ड लाई रोल्पाली जनताले र डा. बावुराम भट्टराईलाई गोर्खाली जनताले तिरस्कार गरेपछि प्रचण्ड धनुषा र डा. वावु राम भट्राई ले रुपन्देहीबाट चुनाव लड्ने घोषणा गरेको उहाको भनाई थियो ।

 


 

आफ्नो हैसियत विर्सीएर भारतीय विदेश मन्त्रीलाई होटलका कोठी कोठीमा भेट्न जाने नेताहरु लाई जनताले तिरस्कार गर्नुपर्ने उहाँको भनाइ छ ।

 

कार्यक्रममा मन्तव्य राख्दै अर्का वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले सवै जातजाती भाषा भाषी र धर्म संकृतिको  साझा फुलवारी बनाएर वसेका जनतालाई एमाओवादीले जातिय राज्य दिन्छौ भन्दै उचालेर जातियताको आधारमा विभाजीत गरी मुलुकमा जातीय विखण्डन ल्याएको आरोप लगाउनु भयो ।

 


 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र कृष्ण के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा अखिल छैठौका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका पश्चिमाञ्चल उपाध्यक्ष शेर बहादुर बि.सी., केन्द्रीय सदस्य सागर के.सी. लगायतका वक्ताहरुले मन्तव्य राख्दै ,राष्ट्रियताको पक्षमा आवाज उठाएका थिए ।

 

यस अघि केन्द्रीय अध्यक्ष के.सी. सम्मेलित जुलुशले संघीयता चाहिदैन देश टुक्राउन पाईदैन, हिमाल, पहाड, तराई कोही छैन पराई, संघीयता धोका हो, षणयन्त्रको पोका हो । भन्दै सन्धिखर्कमा झ्याई झ्याईती पञ्चेबाजा बजाउँदै प्रर्दशन गरेका थिए । कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

 


 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु