सिरियामा असदले मानवताविरुद्ध थुप्रै अपराध गरेको बानको भनाइ

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियामा बशार अल असादको सत्ताले रासायनिक हतियार प्रयोग गरेको जबरजस्त प्रमाण राष्ट्रसंघको जाँच रिपोर्टमा रहेको दावी गरेका छन् । 

सार्वजनिक रुपमा भने आफैले प्रतिवेदन नहेर्दासम्म थप केही भन्न नसक्ने बानको भनाइ छ । यद्यपी, बानले असदले मानवताविरुद्ध थुप्रै अपराध गरेको प्रतिक्रिया भने दिए । 
यसविरुद्ध असदलाई जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि कूटनीतिक र शान्तिको मौका दिनुपर्ने उनको भनाइ छ ।
Agencies