एमाले युवा संघ नेपालले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने

चितवन  । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन् । 
युवा संघले सुरक्षाको विषयलाई गम्भिरताको साथ हेरेकोले विगतका जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको जानकारी दिए । 
रिपोटर्स क्लव चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष बस्नेतले केन्द्रमा ५ सय र जिल्ला तहमा २ सय जनाको र प्रत्यक क्षेत्रमा टास्क फोर्स गठन गरिने बताए ।
 पत्रकार सम्मेलनमा युवा संघकी केन्द्रिय उपाध्यक्ष तथा महिला युथ फोर्स प्रमुख निरु पाल, स्थाई कमिटि सदस्य परर्शुराम बस्नेत, केन्द्रिय सदस्य प्रदिप डल्लाकोटी लगायतले आफ्नो धारणा राखेका थिए ।
RSS