सन्धिखर्कमा नेकपा-माओबादी निकट जनबर्गिय संगठनको संयुक्त प्रथम जिल्ला सम्मेलन, चुनाबमा भोट हैन बम खस्ने बिप्लपको चेतावनी

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओबादीका सचिब नेत्रबिक्रम चन्द बिप्लपले यथा स्थितिमा  माओबादीलाइ बाहिर राखेर संबिधान सभाको निर्बाचन मंसिर ४ मा गर्न खोजिए चुनाबमा भोट हैन बम खस्ने बताउनु भएको छ । 

 


 

उहाले संबिधान सभाको निर्बाचन मार्फत  संबिधानमा किसान , मजदुर ,  महिला र दलितका माग सम्बोधन गर्ने कार्य भए पनि  अहिले जनतालाइ झुक्काउन खोजिएको कारण  यथा स्थितिको निर्बाचनको बिरुद्धमा नेपाली जनता एक जुट भएर उत्रने बताउनु भयो । 

 


 

नेकपा-माओबादी निकट जनबर्गिय संगठनको संयुक्त प्रथम जिल्ला सम्मेलनलाइ सन्धिखर्कको शान्ती बगैचामा सम्बोधन गर्दै सचिब बिप्लपले यथास्थितिमा बिदेसिको इसारामा मसिर ४ गते गर्न खोजिएको संबिधान सभाको निर्बाचनका बिरुद्धमा जनताले रगत बगाएरै भए पनि निर्बाचन असफल बनाउने चेतावनी दिनु भयो । 



संबिधान कस्तो लेखिने भन्ने अग्रिम सहमति भएमा र नेपालि जनता र राष्ट्रिय स्वाधिनताको संबिधान लेखिने ग्यारेन्टी भएमा नेकपा माओबादी पनि चुनाबमा सामेल हुने स्पस्ट पार्नु भयो । 

 


 

मसिर ४ गते गर्ने भनिएको निर्बाचन नेपालि जनताको पक्षमा नभइ बिदेसिको इसारामा गर्न थालिएको र संसदिय प्रजातन्त्रको स्थापना गर्न गर्न खोजिएको आरोप लगाउनु भयो । लेख्न खोजिएको संबिधान नेपालि जनता र राष्ट्रिय स्वाधिनताको पक्षमा लेख्नकालागि सबै नेपालि जनता एक जुट हुनु पर्ने अबस्था आएको बताउनु भयो । 



जबर्जस्ती गर्न खोजिएको निर्बाचनमा नेपाली सेना परिचालन गरे शान्ती संझौता बिपरित हुने  बताउदै काग्रेस  एमालेले माओबादिलाइ धोक्का दिएको र त्यसैको पुच्छर बनेर प्रचण्ड र बाबुराम पछि लागेको आरोप लगाउनु भयो । 

 


 

उहाले नेपाली जनता, मजदुर र किसानको नेतृत्व गर्छौ भन्ने प्रचण्ड र बाबुरामले नेपालि  जनतालाइ धोक्का दिएको आरोप लगाउदै प्रचण्डको दैनिक जिबनी दलाल पुजिपती ब्यक्तिको भन्दा कम नभएको बताउनु भयो । प्रचण्ड र बाबुरामले छाड्दैमा क्रान्ती हुदैन भन्ने भ्रममा नपर्न पनि अन्य दलहरुलाइ आग्रह गर्नु  भयो । माओबादी फुटेको नभइ प्रचण्ड र बाबुराम लगायतका केहि नेताहरु बाटो छाडेर भड्कालो तर्फ गएको आरोप लगाउदै अन्त्यमा बास्तबिक माओबादी एकजुट हुने बताउनु भयो । 

 


 

माओबादी फुटेको नाममा राष्ट्रिय स्वाधिनता र र नेपाली जनताको पक्षमा नलेखिने परिस्थिति बनेको बिप्लपको भनाइ छ । 

 


 

कार्यक्रममा नेकपा माओबादीका पोलिट्ब्युरो सदस्य तथा बिदेस बिभाग प्रमुख धर्मेन्द्र बास्तोला, नेपाल दलित मुक्ति मोर्चाका तिलक परियार , केन्द्रिय सदस्य सन्तोष बुढामगर , बन्धु चन्द, भेसराज भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो । 

 


 

दुर्गा अधिकारिको अध्यक्षता, कमला भुसालको सञ्चालन र भुमिकाको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु