– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । जिल्लाका केहि बालबालिकाहरु जोखिमपूर्ण काम गर्न बाध्य रहेका एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले नेपालको अन्तरीम संविधानले बालबालिकालाई जोखिम पूर्ण काममा लगाउन नहुने व्यवस्था गरेको भएपनि कार्यान्वयन हुन नसकेको बताएका हुन ।
४९ औं बाल दिवसको अवसरमा जिल्ला बाल संगठन अर्घाखाँची र जिल्ला बालकल्याण समितिले सदरमुकाम सन्धिखर्कमा गरेको अन्तर्कृया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन । उनीहरुले कानूननै फितलो हुँदा बालबालिकाहरु आफ्नो अधिकारबाट बञ्चित भएको बताए ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बालबालिको अधिकार सुनिश्चितताको लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए । उनले बाल अधिकार हनन् गर्ने जो सुकैलाई पनि कारबाहीको दायरमा ल्याउन सकिएमा प्रभावकारी हुने बताए ।