काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले कुनै पनि हालतमा मंसिर ४ गतेका लागि तय भएको दोस्रो संविधानसभा चुनावको मिति सार्न नसकिने बताएका छन् ।
स्वामी प्रपन्नाचार्यलाई सम्मान गर्न आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले मुलुकलाई निकास दिन मंसिर चार गते नै संविधानसभाको चुनाव गर्नुपर्नेमा जोड दिए ।
चुनावको मिति सार्दा जनताको आशामा तुसारापात हुने उनको भनाई थियो ।
अध्यक्ष रेग्मीले स्वामी प्रपन्नचार्यको जीवनबाट सबैले पाठ सिक्नुपर्ने समेत बताए । कुनै समयका