जवरजस्ती संविधानसभाको चुनावगरे वम खसाल्छौः चन्द

– शोभाखर पन्थी

 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले सहमति विनाको निर्वाचन गर्ने दुस्साहस नगर्न ४ दलका नेताहरुलाई आग्रह गर्नु भएको छ ।

 


 

नेकपा माओवादी निकट जन स्वयंसेवक, महिला, किसान, दलित र मगरमुक्ति मोर्चाको संयुक्त जिल्ला सम्मेलनको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले नेकपा माओवादीलाई वाईपास गरेर मुलुकको कुनैपनि तागतले संविधान सभाको निर्वाचन गर्न नसक्ने बताउनु भयो ।

 

चन्दले ४ राजनीतिक दलहरुले आफ्नो पार्टीलाई दमनगरी जवरजस्ती मंसीर ४ मा संविधानसभाको निर्वाचन गर्न खोजे चुनावमा मत हैन बम खसाल्ने चेतावानी दिनु भयो । राष्ट्रिय स्वाधिनता र जनअधिकार प्राप्तीको लागि युद्धरत आफ्नो पार्टीलाई शान्ती प्रक्रियाबाट माग पुरागर्ने वचन दिएर शान्ती प्रक्रियामा आउन आग्रह गरेका कांग्रेस एमालेले धोका दिएको उहाँको आरोप थियो । नेकपा माओवादी शान्ती प्रक्रियामा आउँदा गिरिजा प्रसाद कोईराला र आफ्नो पार्टीका तत्कालिन अध्यक्ष प्रचण्डबीच भएको लिखित सहमति कार्यान्वयन नभएसम्म शान्ती नहुने उहाँको भनाई थियो ।

 


 

जनमुक्ति सेना विघटन भएको, हतियार सरकारलाई बुझाएको र पार्टी फुटेको भन्दै आफ्नो पार्टीलाई नहेप्न उहाँले कांग्रेस एमालेलेलाई सुझाव दिनु भयो । नेकपा माओवादी विभाजन नभएको चन्दको दावी थियो । आफ्नो पार्टी विभाजन नभएको बरु प्रचण्ड र बावुराममा विचलन आएको उहाँले बताउनु भयो ।

 

आफुहरुले क्रान्ति गरे एमाओवादी भित्रको ठूलो शक्ति आफ्नो पार्टीमा आउने उहाँको दावी थियो ।

शान्ती, संविधान निर्माण र राष्ट्रिय स्वाधिनताका लागि दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै ,चन्दले जनअधिकार र राष्ट्रिय स्वाधिनताप्रति प्रतिवद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गर्नुभयो ।

 


 

जनता अधिकार सम्पन्न नभए ३-४ वर्षभित्र मै भिषण जनयुद्ध हुने उहाँको चेतावनी थियो । आफ्नो पार्टीले कहिल्यै पनि जनतालाई धोका नदिने उहाँको दावी छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई ढाँटको खेती गर्ने नेता भएको आरोप लगाउँदै चन्दले प्रचण्ड बोलेको कुरा आफ्नै पार्टीका कार्यकर्ताले समेत बताउन छाडेको दावी गर्नुभयो ।

नेपाली कांग्रेसप्रति बढि आक्रमक देखिएका चन्दले एमालेलाई ढुलमुले पार्टी भएको आरोप लगाउनु भयो । आफ्नो पार्टीको नीति र विचारमा आए एमाओवादीसँग पार्टी एकता सम्भव भएको भन्दै उहाँले कांग्रेस एमालेलाई तर्साउन मात्रै प्रचण्डले पार्टी एकताको कुरा गरेको बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै ,नेकपा माओवादीका पोलिटब्युरो सदस्य ध्रमेन्द्र बास्तोला र माओवादी केन्द्रीय सल्लाहाकार समितिका सचिव तिलक परियारले आफ्नो पार्टीको सहमतिविना हुने संविधान सभा चुनावले द्वन्द्व निम्त्याउने बताउँदै ,जवरजस्ती निर्वाचन गराउन खोजिए भाँडिदिने चेतावनि दिनु भयो ।

 



संविधान सभाको चुनावलाई देश बेच्ने साईसेन्स बनाउन खोजिएको भन्दै ,उहाँहरुले राष्ट्रिय स्वाधिनताको लागि फेरी रगत बगाउन तयार रहेको बताउनु भयो ।


राष्ट्रिय जनस्वयं सेवकका जिल्ला संयोजक दुर्गा प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलानेतृ बन्धु चन्द, माओवादी राज्य समितिका सदस्य भुमिका लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।


 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।