नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा विज्ञान अधिकारी निर्वाचित

काठमाडौं – नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा विज्ञान अधिकारी निर्वाचित भएका छन् ।
शनिबार राजधानीमा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष प्रदीप चापागाईंलाई २१ मतले हराउँदै नागरिक दैनिकका अधिकारी निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा लोकबहादुर चापागाईं, महासचिव पुष्प आचार्य र सचिवमा कान्तिपुरकर्मी रोशन अधिकारी निर्वाचित भए ।
RSS