बन्दले पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल जिल्लाहरुको जनजीवन प्रभावित

निर्वाचनको बिरोध गर्दै नेकपा-माओवादी सहितको मोर्चाले गराएको बन्दले पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका केही जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।  माओवादीले क्षेत्रगत रुपमा बन्दको कार्यक्रम गर्दै आएको छ /

\ बन्दका कारण धौलागीरी, गण्डकी र लुम्बिनी अञ्चलका सबै  र राप्ती अञ्चलका पहाडि जिल्लाहरु प्रभावित भएका छन् । बन्दको पूर्ण असर पश्चिमाञ्चलको व्यापारिक केन्द्र बुटवलमा परेको छ । बन्द सफल पार्न माओवादी कार्यकर्ताहरु बिहानैदेखि चोक चोकमा जम्मा भएका छन् । बिहानैदेखि बुटवलबाट छुट्ने तथा बुटवल भएर चल्ने पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा यातायातका साधान चलेका छैनन् । बुटवल र आसपासमा रहेका बजार, पसल, उद्योग तथा व्यापारिक प्रतिष्ठान , औद्योगिक क्षेत्र लगायत पनि बन्द छन् । विद्यालय, कलेज, बैंक तथा वित्तिय सस्था पनि बन्द छन् । सीटिइभिटीको केन्द्रीय परीक्षा रहेको भन्दै त्यसअन्तरगतका कलेज तथा सवारीका साधन, दूध, पानीका गाडी, प्रेस र एमबुलेन्स भने चलेका छन् ।

अर्घाखाँची /पाल्पा- असंवैधानिक सरकार र चारदलको सिण्डिकेटले एकलौटी रुपमा घोषणा गरेको निर्वाचनको विरुद्ध आन्दोलनमा उत्रेका नेकपा-माओवादीले सोमबार आयोजना गरेको पश्चिमाञ्चल विकास क्षेत्र बन्दलेअर्घाखाँची   पाल्पाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।

बन्दले पाल्पा सदरमुकाम र ग्रामीण बजार, उद्योग, कलकारखाना, कलेज, विद्यालय बन्द भएको छ । सिद्धार्थ राजमार्ग र तानसेन -तम्घास सडकमा सार्वजनिक यातायातका साधन चल्न नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । बन्दकर्ताले पाल्पा उद्याेग वाणिज्य संघको साधारणसभालाई भने चल्न दिएको छ 

बन्दमा सार्वजनिक यातायातका साधनबाहेक, एम्बुलेन्स, अस्पताल, प्रेस, सुरक्षा निकाय र पर्यटक बोकेका सवारी साधन निर्वाध चलेका छन् । बन्दकर्ताहरु बिहानैदेखि चोक चोकमा उभिएर निगरानी गरेका छन् ।

माओवादीले आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार सोमबार रुकुम, सल्यान, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला बन्द आह्वान गरेको हो ।

Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।