नेकपा-माओवादी सहित ३३ दलको बन्दले अर्घाखॉचीको जनजिवन प्रभावित, बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन कव्जा


 

– गणेश खनाल



सन्धिखर्क, अर्घाखॉची । नेकपा-माओवादी सहित ३३ दलले गरेको पश्चिममाञ्चल अन्तर्गत अर्घाखॉचीमा बन्दको पुर्ण रुपमा प्रभाव परेको छ ।




बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकताले आज विहान ना ३ ख ५७३६ नम्वरको ट्रक र लु १२ प २०११ नम्वरको मोटर साईकल कव्जा लिएको माओवादी अर्घाखॉची जिल्ला ईन्चार्ज भोला बस्यालले जानाकारी दिनुभयो ।



बन्दका कारण लामो तथा छोटो दुरका यातायात चल्न सकेका छैनन् । कल कारखाना, विद्यालय, उद्योग, व्यापार व्यवसाय सबै ठप्प रहेका छन् । 



बन्द गराउनका लागी माओवादीका कार्यकता रातो पोशाक लगाएर विहाननै देखी चौक चौकमा बसेका छन् । आफना माग पुरा नभएको भन्दै बन्द गर्नु परेको ईन्चार्ज बस्यालले जानकारी दिनुभयो । 



अहिले सम्म कुनै अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ । सुरक्षाको लागी प्रहरी पनि चौक चौकमा तैनाथ भएका छन् । बन्दका कारण गन्तव्यमा जाने यात्रुहरु बाटोमै अलपत्र परेका छन् । बन्दले स्थानीयले सास्ती खेपेका छन् । 



Premnarayan Acharya in Arghakhanchi contributed to this report.




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु