नेकपा-माओवादीले चुनावको मितिबारे लचिलो हुन सकिने बताएको भए पनि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा दिने विषयमा दुई पक्षबीच मत नमिलेपछि बैठक अनिर्णित भएको बताइएको छ।
उनीहरुबीच सहमति जुट्न नसकेपछि दुबै पक्ष बैठकबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।
नयाँ बानेश्वरस्थित उच्चस्तरीय राजनीतिक समितिको कार्यालयमा घन्टौंसम्म बसेको बैठकमा चुनाव चैतमा हुनुपर्ने पहिलाको अडानमा नेकपा माओवादी केही लचिलो देखिएको थियो।
तर रेग्मीको राजीनामाबारे पहिलाको निर्णयबाट नेकपा माओवादी पछि नहटेपछि समितिसँगको बैठक निश्कर्षमा पुग्न नसकेको हो।
नेकपा माओवादीका नेता देव गुरुङले अब आफूहरुले थप सम्झौता गर्न नसक्ने बताए।
उनले भने,