मेक्सिकोमा शक्तिशाली समुद्री आँधीमा परी कम्तिमा १९ जनाको मृत्यु

मेक्सिकोमा आएको शक्तिशाली समुद्री आँधीमा परी कम्तिमा १९ जनाको मृत्यु भएको छ । इन्ग्रिड नाम दिइएको आँधीपछि विभिन्न क्षेत्रमा बाढी आएर हजारौं मानिस घरवारबिहीन भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
आँधीबाट भराक्रुज र तामाउलिपास राज्य बढी प्रभावित भएका छन् । गत साता पनि भराक्रुज राज्यमा भारी वर्षापछि आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो । 
आँधीका कारण पहिरो पनि जानसक्ने सम्भावना रहेको जनाइएको छ । खराब मौसमका कारण मेक्सिकोका विभिन्न शहरमा स्वतन्त्रता दिवसका कार्यक्रमहरु रद्ध गरिएका छन् । 
Agencies