अमेरीकाको वासीङ्टनस्थित नेभी यार्डमा बन्दुकधारीले चलाएको गोली लागेर १३ जनाको मृत्यु भएको छ । घटनाका आक्रमणकारी ३४ वर्षीय आयरन अलेक्सीस पनि प्रहरी कारवाह्ीमा मारिएका छन् । टेक्ससका वासीन्दा अलेक्सीस अमेरीकी जलसेनाका पुर्व जवान भएको बताईएको छ ।
वासीङ्टनस्थित नेभी यार्डको शिविरमा भएको गोलीवारीपछि राष्ट्रपति बाराक ओबामाले दुख प्रकट गर्दै ह्वाईट हाउस र क्यापिटल हिलमा देशको झण्डा आधा झुकाईएको छ ।
सन् २००७ देखी २०११ सम्म अमेरीकन जलसेनाका काम गरेका अलेक्सीसले अन्धाधुन्ध गोली प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन । घटनामा परी एक दर्जन जती घाईते भएका छन् ।
अलेक्सीसले सैनिक सेवा छाड्नुको कारणबारे स्पष्ट नभएपनि सेवामा रहँदा बारम्बार गल्तीहरु गरेपछि उनीमाथि विभागिय कारवाह्ी भएको थियो । आक्रमणको लागि वासीङ्टनस्थित नेभी यार्डमा उनले कसरी प्रवेश पाए भन्ने विषयमा समेत केही खुलेको छैन ।
AGENCIES