टर्कीको आकाशमा उडीरहेको सिरियाली हेलिकप्टर सेनाले झार्यो

 टर्कीको आकाशमा उडीरहेको सिरियाली हेलिकप्टरमाथि टकीस सेनाले आक्रमण गरी टर्कीको जमीनमा झारेका छन् । हवाई सीमा अतिक्रमण गरेको आरोपमा हेलिकप्टर झारिएको टर्कीका उप प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

 

टर्कीको आकाशमा उडीरहेको हेलिकप्टरलाई टर्कीको हवाई सीमा प्रयोग नगर्न चेतावनी दिंदा दिंदै पनि अटेर गरेपछी सो कदम चालिएको टर्कीका उपप्रधामन्त्रीले बताएका छन् ।

 

 सिरियाले भने भूलवस टर्की पुगेको हेलिकप्टरमाथि गरिएको कारबाहीको निन्दा गरेको छ । सिरियाली सेनाले सिरियामाथिको रिसवीका कारण हेलिकप्टर झारेको भन्दै निन्दा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्  ।

 

AGENCIES