ढाका । बंगलादेशको अदालतले विपक्षी दल जमात ए इस्लामीका नेता अब्दुल कादिर मुल्लालाई मानवता विरुद्धको अपराध गरेकोमा मृत्युदण्ड हुने फैसला सुनाएको छ ।
सन् १९७१ को युद्धका बेला आमहत्या र नरसंहार गरेको अभियोग लागेका मुल्लामाथि बंगलादेशको सर्वोच्च अदालतले यसअघी जन्मकैदको सजायँ सुनाएको थियो । जन्म कैदको फैसला विरुद्ध उनले पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले मृत्युदण्डको सजाय तोकेको हो ।
सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामका क्रममा ३० लाख मानिसको हत्या गरिनुमा मुल्ला मूख्य जिम्मेवार रहेको अदालतको ठहर छ । घटनामा मुल्लाबाहेक अरु पाँच जनालाई पनि दोषी ठहर गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री शेख हसीना वाजेदले स्वतन्त्रता संग्रामका क्रममा भएको युद्ध अपराधको छानबीन गरी मुद्दाको प्रक्रिया अघि बढाउन दिएको आदेश अनुसार मुल्लासहित पाँच जना अभियुक्तबिरुद्ध मुद्दा दायर गरिएको थियो ।
AGENCIES