गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । जिल्लाबाट सिफारिस भएर गएका उम्मेदवारहरु आफनो नामलाई स्वीकृत गराउन आफु निकट केन्द्रिय नेताहरु संग ढौडधुप गरेका छन् । जिल्लाका प्रमुख दलका नेताहरु आफनो नाम स्वीकृत गरि दिन भन्दै आफु निकट नेताहरु संग लविङ्ग गरेका छन् ।
दुई वटा क्षेत्र रहेको अर्घाखॉचीमा नेपाली काग्रेसबाट क्षेत्र नम्वर १ बाट प्रत्यक्ष तर्फ महासमिती सदस्य विष्णु खनाल, डाक्टर राम बहादुर विसी सहितको नाम सिफारिस भएको छ । दुवैले आफुलाई उम्मेदवारी दिन भन्दै केन्द्रीय नेतालाई आग्रह गरेका छन् । खनाल मध्यमार्गी नेता हुन भने वी सी सस्थापन पक्ष निकट मानिन्छन् ।
क्षेत्र नम्वर २ बाट केन्द्रिय सदस्य पुष्पा भुसाल,जिल्ला सभापति कमल भुसाल र सचिव बासुदेव आचार्य सहितको नाम सिफारिस भएको छ । पुष्पा जेलमा रहेका खुम बहादुर खड्का निकट मानिनु हुन्छ भने, जिल्ला सभापति भुसाल सस्थापन पक्ष निकट मानिनुहुन्छ, आचार्य भने शेर बहादुर देउवा निकट मानिनुहन्छ । पाटीले जिल्लामा मिलाउदा पनि क्षेत्र नम्वर १ सस्थापन पक्ष पाए २ नम्वर आफु देउवा पक्षले पाउनु पर्ने सुरु देखी नै देउवा पक्षमा खुल्नु भएका आचार्यले बताउनुभयो ।
यता एमालेमा सस्थापन पक्षका नरेन्द्र क्षेत्रीले क्षेत्र नम्वर १ बाट १ मात्र नाम सिफारिस भएपछि चुनावी प्रचारमा लागी सक्नु भएको छ । क्षेत्र नम्वर २ मा सस्थापन पक्ष्ँका पिताम्वर भुसाल र भर्खर मात्र एमाले प्रवेश गरि ओली खेमामा लागेका डाक्टर दुमन थापाले केन्द्रमा नेताहरुलाइ भेट्दै आफनो नाममा निर्णय गराउन लागि परेको एमाले स्रोतले बताएको छ ।
एकिकृत नेकपा माओवादीमा भने पुर्व मन्त्रि तथा डाक्टर बाबुराम भट्टराई निकट टोप बहादुर रायमाझी सहितको नाम केन्द्रमा सिफारिस भएपनि रायमाझी नै उम्मेदवार भएको एमाओवादी श्रोतले बताएको छ । क्षेत्र नम्वर २ मा केन्द्रिय सदस्य चन्द बहादुर खड्का, विष्णुहरि शर्मा, राज्य कमिटी सदस्य भत्त बहादुर पुन र खुमानन्द घिमिरे सहितको नाम सिफारिस भएको छ । खड्का र शर्मा भट्टराई निकट मानिनुहुन्छ भने पुन र घिमिरे प्रचन्ड निकटका मानिनुहुन्छ ।
तर अर्घाखॉचीमा भट्टराईको नै निकै बाहुल्यता रहेकोले खड्का र शर्मा मध्ये एकले उम्मेदवारी पाउने पक्का पक्की भएको स्रोतको भनाई छ । प्रचन्ड पक्षले पनि जसरी भएपनि २ नम्वर क्षेत्रमा आफुहरुको नाममा निर्णय गराउन नेतालाई दवाव दिदै आएको जनाईएको । जिल्लाका नेताहरु लविङ्गको लागी सबे जसो केन्द्रमा पुगेका छन् ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।