मेलवर्न । अष्ट्रेलियाका लिवरल नेशनल गठनबन्धनका नेता टोनी एब्बोटले नयाँ प्रधानमन्त्रीको शपथ लिएका छन् । ५५ वर्षीय एब्बोटले सेप्टेम्बर ७ मा भएको चुनावमा लेवर पार्टीलाई पराजित गरेका थिए ।
उनको गठबन्धनले तल्लो सदनमा बहुमत ल्याएको छ । केभिन रुड नेतृत्वको लेबर सरकारले कार्वन उत्सर्जनमा लगाउदै आएको करमा पुनरावलोकन र आप्रवासी नीतिमा थप कडाई गर्ने योजना रहेको नयाँ प्रधानमन्त्रीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।