इरानी राष्ट्रपति हसन रुहानीले इरानले कहिल्यै परमाणु हतियार निर्माण नगर्ने बताएका छन् ।
अमेरिकी टेलिभिजन च्यानल एनबिसि न्यूजसँगको अन्तबार्तामा उनले यस्तो बताएका हुन । रुहानीले इरानको परमाणु कार्यक्रम बारे पश्चिमी मुलुकहरु सँग छलफल गर्न आफूलाई पूर्ण अधिकार रहेको भन्दै यसका लागि बिदेश मन्त्रालयलाई जिम्मा दिइ सकेको जिकीर गरे ।
उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालै पठाउनु भएको पत्रलाई सकारात्मक र रचनात्मक भन्नु भयो ।
राष्ट्रपति रुहानीले परमाणु हतियार सहित बिनाशकारी हतियारलाई प्राप्त गर्न इरानले कुनै पनि कदम नबढाउने दाबी गरे । इरानको बिबादास्पद परमाणू कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघ र पश्चिमी देशहरुले इरान माथि प्रतिबन्ध लगाएका छन् । इरानले भने परमाणू कार्यक्रम शान्तिपूर्ण कार्यका लागि प्रयोग हुने बताउदै आएको छ ।
AGENCIES