नेपाली भूमिमा छापा मार्ने हाम्रो नियत नभएको भन्दै भारतीय दुतावासद्धारा घटनाका बारेमा अनुसन्धान जारी रहेको उल्लेख

भारतीय प्रहरीले बुधबार बिहान बर्दियाको गुलरियास्थित मन्जुरकुमार श्रेष्ठको घरमा छापा मारेको घटनाका बारेमा अनुसन्धान भइरहेको भारतीय दुतावासले जनाएको छ ।
 
नेपालस्थीत भारतीय दुतावासले आज एक बिज्ञप्ती जारी गर्दे नेपाली भूमीमा छापा मार्ने आफ्नो नियत नभएको भन्दै उक्त घटना साँचो ठहरीए सम्बन्धितलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
 
बिज्ञप्तीमा भनिएको छ, अनुसन्धानको दायरामा रहेको बर्दिया घटना सहि साबित भए कारवाही गरिने छ ।
 
गत बुधबार भारत बहराइच, गोन्डा र खिरी जिल्लाबाट आएका बर्दीधारी तथा सादा पोसाकका प्रहरीले अभियुक्त लुकेको अनुमानमा श्रेष्ठको घरमा छापा मारेका थिए ,टोलीमा बहराइचका सुभाष चन्द, उपयप्रताप, जयप्रकाश, गोन्डाका रामकुमार लगायतथिए। 
 
विज्ञप्ति: