बलात्कारको आरोप लागेपछि भारतको राजस्थानका मन्त्रीले पदबाट राजीनामा दिए

नयाँदिल्ली । भारतको राजस्थान राज्यका खाद्य तथा ग्रामीण मन्त्री बाबुलाल नागरले बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिएका छन् ।

 

एक महिलाले गत बिहीबार जयपुरस्थित सरकारी निवासमा मन्त्री नागरले बोलाएर बलात्कार गरेको आरोप लगाएपछि उनले राजीनामा दिएको जनाईएको छ ।

तर, नागरले भने ती महिलालाई आफूले बोलाए पनि त्यस समयमा घरमा धेरै जना रहेको र कुनै अनुचित कार्य नगरेको दाबी गरेका छन् ।


पीडित महिलाले नागरसँग आफ्नो दुई वर्षदेखि चिनजान रहेको बताएकी छिन् ।


राजस्थानका मूख्यमन्त्री अशोक गहलोतले सरकारले कानूनी कारवाहीमा कुनै हस्तक्षेप नगर्ने जनाएका छन् ।

 

AGENCIES