नाइजेरियामा विद्रोही समूहले थापेको विद्युतीय धरापमा परी ८७ जनाको मृत्‍यु

नाइजेरियामा विद्रोही समूह बोको हरामले थापेको विद्युतीय धरापमा परी ८७ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर पूर्वी बोर्नो राज्यमा गराइएको विद्युतीय धरापमा उनीहरु मारिएका सेनाले जनाएको छ ।
सेनाको पोशाकमा रहेका उनीहरुले नक्कली चेकपोइन्ट बनाई आक्रमण गरेका हुन् । नाइजेरियालाई इस्लामिक राज्य घोषणा गर्न माग गर्दै अतिवादी समूह बोको हरामले सन् २००९ देखि सशस्त्र संघर्ष गर्दै आएको छ । 
 
उत्तरपूर्वी बोर्नो राज्यमा गत मे महिनादेखि सञ्चार सम्पर्क विच्छेद भएको छ भने यीसहितका तीन अति प्रभावित राज्यहरुमा संकटकाल जारी छ । 
यी राज्यहरुमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएपनि विद्रोह मत्थर भएको छै्रन । सरकारी सुरक्षाकर्मीलाई सहयोग गर्न स्थानीय युवाहरुले प्रतिकार समूह गठन गरेका छन् । 
पछिल्लो समय यीनै प्रतिकार समूह विद्रोहीको निशानामा पर्दै आएका छन् ।
Agencies