काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर चार गते निर्वाचन गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् । एमाले प्रचार विभागले आज पार्टी मूख्यालय बल्खुमा गरेको कार्यक्रममा अध्यक्ष खनालले मुलुकको लामो संक्रमणको अन्त्य निर्वाचनबाट मात्र सम्भव हुने बताए ।
मुलुकको परिस्थिति अत्यन्त जटिल र चुनौतिपूर्ण रहेको भन्दै उनले एमालेको पक्षमा माहोल बनाउन निर्देशन दिए । एमालेको प्रचार क्षेत्र कमजोर रहेको भन्दै खनालले यसलाई प्रभावकारी र सुदृढ बनाउनुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले एमालेको एजेण्डालाई प्रभावकारी रुपमा जनस्तरमा पु