निर्वाचन नगर्ने हो भने निर्दलीय सरकारको आयु लम्बिदै जाने भएकाले मुलुक झनै अराजकतामा फस्ने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको तर्क

पर्वत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जस्तोसुकै अवस्थामा पनि मंसिर ४ गते निर्वाचन गर्नुपर्ने बताएका छन् ।
पर्वतको फलेवासमा आज आयोजित निर्वाचन प्रचार अभियानलाई सम्वोधन गर्दै केसीले मुलुकमा दोस्रो संविधानसभाको निर्वाचनको विकल्प नभएको भन्दै निर्वाचन गर्नैपर्ने बताए ।
निर्वाचन नगर्ने हो भने निर्दलीय सरकारको आयु लम्बिदै जाने भएकाले मुलुक झनै अराजकतामा फस्ने उनको तर्क थियो । 
RSS, IMAGECHHANEL