काठमाडौ – सरकारले आगामी मङ्सिर ४ गतेको संविधानसभा निर्वाचन प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचनबाट नै मुलुकको सबै समस्याको समाधान हुने भन्दै उक्त आग्रह गरेको हो ।
निर्वाचनले नेपाली जनताले अपेक्षा गरेको नयाँ संविधान निर्माणको ढोका खोलिने हुँदा उपलब्ध अवसरलाई सदुपयोग गर्नका लागि चुनावमा भाग लिन सबै पक्षलाई आह्वान गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।
सूचना तथा सञ्चारमन्त्री पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वासनीय ढङ्गबाट सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए । लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएकोमा दुई मत हुन सक्दैन भन्दै आह्वानपत्रमा उल्लेख गरिएको छ,