सन्धिखर्क / काठमाडौं । युरोप फाउन्डेशनले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक सम्पूर्ण सेवा सुविधा सहितको अस्पतालको निर्माण कार्य शुरु गर्ने भएको छ।
आगामी वर्ष सन् २०१४ को मध्यबाट शुरु गरिने उक्त अस्पताल परियोजनाको फाउन्डेशनले सहमती जनाइसकेको र प्रोजेक्ट अध्ययन प्रकृयामा रहेको उक्त फाउन्डेशनकी जोल्यान्डा उबेदाले बताइन ।
साथै आकश्मिक कक्ष बाहेक शुरुमा ५०, ६० वेडसम्म बनाउने लक्ष लिएको उक्त फाउन्डेशनले निर्माणको प्रकृयामा अन्तरराष्ट्रिय प्रविधीलाई ध्यान दिने बताएको छ। भने पछि भविष्यमा बढ्दो जनसन्ख्या अनुसार क्रमश ५०, ६० वेडबाट माथि थप गर्न सकिने उल्लेख छ।
यसैगरी अहिले अर्घाखाँचीमा सामान्य बाहेक अप्रेशनको लागि विरामीहरु बुटवल, काठमाडौं जान वाध्य छन।
यसैक्रममा यसअघि उक्त युरोप फाउन्डेशनका फाउन्डर एवम प्रमुख सप्पन के.सीले नेपाल बसाईको क्रममा जिल्लामा एक सुविधा सम्पन्न आवश्यक रहेको र सक्दो सहयोग गर्ने चाहना व्यक्त गरेका थिए ।
साथै के.सीले नेपालमा रहेको बेला जिल्लाका सरोकारवाला व्यक्तिहरुसँग भेटघाट समेत गरेका थिए।