काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनाल आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आगामी निर्वाचनका बिषयमा छलफल भएको थियो ।
भेटमा संविधानसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन सरकार पूर्ण तयारीका साथ लागेको रेग्मीले बताएका थिए ।
यसैगरी विभिन्न कुटनीतिक नियोगहरुमा रिक्त पद, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य संवैधानिक निकायहरुमा रिक्त पदपूर्तिवारे पनि छलफल भएको थियो । RSS