काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल संविधानसभा चुनावमा राजधानी र धनुषाबाट दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने बताएका छन् ।
पार्टी मूख्यालय कोटेश्वरमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले वरिष्ठ नेता बाबुराम भट्टराई गोरखा र रुपन्देहीबाट उठ्ने जानकारी दिए ।
सापकोटाले नेताहरु नारायणकाजी श्रेष्ठ बारा र पोष्टबहादुर बोगटी कैलाली र नुवाकोटबाट उठ्ने पक्का भएको जानकारी दिए ।
निर्वाचनका लागि पार्टीले घोषणापत्रलाई चाडै अन्तिम रुप दिने उनको भनाई छ ।
RSS, IMAGECHANNEL