चिनियाँ कम्युनिष्ट पार्टीका शक्तिशाली पूर्व नेता बोलाई आजीवन कारावासको सजायँ

चिनियाँ कम्युनिष्ट पार्टीका शक्तिशाली पूर्व नेता बो शिलाईलाई भ्रष्टाचार, घूसखोरी र सत्ताको दुरुपयोग गरेको भन्दै आजीवन कारावासको सजायँ दिइएको छ ।
 जिनान शहरको एक अदालतले बोलाई भ्रष्टाचार, घूसखोरी र सत्ताको दुरुपयोग गरेको ठहर गर्दै यो सजायँ दिएको हो । सुनुवाईका क्रममा बोले आफू सत्तामा रहँदा पदको दुरुपयोग गरेको स्वीकारे पनि भ्रष्टाचारलगायतको आरोप भने अस्वीकार गरेका थिए । 
आफ्नी श्रीमती गू काईलाईले पैसा लिने गरेकाबारेमा आफूलाई केही थाहा नभएको र दबाब दिएर आफूमाथिको आरोप स्वीकार्न बाध्य पारिएको पनि उहाँले अदालतसमक्ष बताउनुभएको थियो । आफू निर्दोष रहेका बताएपनि बोमाथि चोंगकिंगमा कम्युनिष्ट पार्टीको प्रमुख रहँदा गम्भीर अपराध गरेको आरोप सरकारले लगाएको थियो ।
 अत्यन्त चासोका साथ हेरिएको यो मुद्दामा बोविरुद्ध ३ करोड ५६ लाख डलर भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । पक्राउ पर्नु अघि बो लाई चिनियाँ कम्युनिष्ट पार्टीमा उदीयमान नेताका रुपमा हेरिन्थ्यो । बो का पूर्व प्रहरी प्रमुखले अमेरिकी वाणिज्य दूतावासमा शरण लिएपछि यो काण्ड पर्दाफास भएको हो भने ब्रिटेनका उद्योगपति नील हेवुडको मृत्युसम्बन्धमा फेरि अनुसन्धान थालेर बो का पत्नीलाई दोषी प्रमाणित गरिएको थियो । हत्यामा संलग्न रहेको भन्दै पत्नी गूलाई मृत्युदण्डको सजायँ सुनाइसकिएको छ ।
 भ्रष्टचारको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टीका नेतालाई कारावासको सजाय
AGENCIES