काठमाडौं । राष्ट्रपति डा. रामबरण यादवले असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याएर आगामी संविधानसभा चुनावमा सहभागी हुने वातावरण बनाउन सरकारलाई फेरि आग्रह गरेका छन् । सबै दलको सहमति बिना हुने चुनाव र त्यसबाट बन्ने संविधानले निकास नदिने भन्दै राष्ट्रपति यादवले असन्तुष्ट दलहरुलाई पनि चुनाव सहभागी गराउन लचकता अपनाउन सरकारलाई आग्रह गरे ।
राष्ट्रपतिसँग भेटका लागि राष्ट्रपति भवन पुगेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सरकारका अरु मन्त्रीसँग आज बिहान भएको भेटमा राष्ट्रपति यादवले यस्तो आग्रह गरेको शितलनिवास स्रोतले जानकारी दिएको हो । राष्ट्रपतिलाई भेट्न अध्यक्ष रेग्मी, गृहमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री माधव पौडेललगायत राष्ट्रपति भवन शितल निवास पुगेका थिए ।
भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सञ्चारमन्त्री पौडेलले चुनावको तयारीका विषयमा राष्ट्रपतिलाई जानकारी गराइएको बताए । सरकारले चुनावको तयारी तीव्र रुपमा गरिरहेको भन्दै उनले नेकपा