चितवन । चितवनमा लामो समयदेखि आन्दोलनरत निजी विद्यालयका शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् ।
गएराती भएको वार्तामा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनसंग सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । निजी विद्यालयका सबै शिक्षकलाई सरकारी स्केल अनुसारको तलब सुविधा उपलब्ध गराईने भएपछि आन्दोलन फिर्ता लिइएको हो । तर तलब उनीहरुको मागअनुसार साउन १ गतेबाट लागु नभई मंसिर महिनाबाट लागु हुने छ ।
सरकारी विद्यालयका शिक्षकहरुको तलब १८ प्रतिशत र महंगी भत्ता यसै आर्थिक वर्षबाट एक हजार बढेपछि निजी विद्यालयका शिक्षकले पनि सोही अनुसार तलब माग्दै आएका थिए ।
जिल्लामा १ सय ६५ निजी निजी विद्यालय संचालनमा छन् भने त्यसमा करिब ५ हजार शिक्षक अध्यापनरत छन् ।
RSS, IMAGECHANNEL