राष्ट्रियता र सनातन धर्मको वकालत गर्दै आइरहेको नेपाल राष्ट्रिय विकास पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीमा समावेश

काठमाडौं  । राष्ट्रियता र सनातन धर्मको वकालत गर्दै आइरहेको नेपाल राष्ट्रिय विकास पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीमा समावेश भएको छ । 
आज राजधानीको धुम्वाराहीमा राप्रपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल राष्ट्रिय विकास पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीमा स्वागत गरे । 
लामो समयदेखि नेपालमा होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्दै आएका पूर्व जापानी नागरिक ताकासी मियाहाराले अघिल्लो संविधान सभा चुनाव अघि नेपाल विकास पार्टी खोलेका थिए । 
यसैगरी राष्ट्रिय धर्मसभा नेपाल, ज्योतिष परिषद् नेपाल जस्ता संस्था हिन्दू धर्मसंग सम्बन्धित संघसंस्थाहरु पनि राप्रपा नेपालमा समावेश भएका छन् ।
 कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जारी अस्थिरताको अन्त्य गर्न संविधान सभाको चुनावको विकल्प नभएको बताए ।
RSS, IMAGECHANNEL