जर्मनीमा भएको निर्वाचनमा जर्मन चान्सलर एञ्जेला मर्केलको पार्टी विजयी भएको छ । यद्यपि, संसदमा उनलाई पूर्ण बहुमत भने मिल्न सकेन । कन्जरभेटीभको जीतसँगै उनी तेस्रो पटक जर्मनीको चान्सलर बन्ने भएकी छिन । मर्केलको पार्टीले मूख्य प्रतिष्पर्धी मानिएको सोसियल डेमोक्रेटलाई हराएको हो ।
उनको पार्टी क्रिष्चियन डेमोक्रेटिक युनियनले ४२ प्रतिशत मत पाएको छ भने सोसियल डेमोक्रेटहरुले २६ प्रतिशत मत पाएका छन् । सीडीयूले पाएको यो सफलता २० वर्षमै उल्लेखनीय मानिएको छ । यो जीतसँगै संसदमा भने उहाँले सोसियल डेमोक्रेटहरुसँग मिलेर जानुपर्ने बाध्यता देखिएको छ ।
मर्केलको चाहना अरु उदारवादी दलहरुसँग मिलेर जाने भएपनि ती दलले राम्रो उपस्थिति देखाउन नसकेकाले मूख्य विपक्षीसँगै मिलेर जानुपर्ने बाध्यता भएको बताइएको छ ।
Agencies