संविधानसभा चुनावको सुरक्षालाई लक्षित गर्दै व्यक्तिको सुरक्षा प्रयोजनका लागि लिइएका हतियार बुझाउनु सबैलाई निर्देशन

काठमाडौं  । संविधानसभा चुनावको सुरक्षालाई लक्षित गर्दै सरकारले व्यक्तिको सुरक्षा प्रयोजनका लागि लिइएका हतियार बुझाउनु सबैलाई निर्देशन दिएको छ । 
४ मंसिरमा हुने संविधानसभा निर्वाचन सुरक्षा प्रयोजनका लागि व्यक्तिले राखेका हतियारहरु चुनाव अबधिभरका लागि प्रशासनमा बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
 लाइसेन्स लिएका हतियार पनि दु्रुपयोग हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सूचना जारी गरिएको गृह मन्त्रालयको भनाई छ । नजिको प्रहरी कार्यलय वा जिल्ला प्रशासन कार्यालयमा हतियार बुझाई भर्पाइँ लिएर जानुपर्नेछ । 
ती हतियार निर्वाचन सकिएलगत्तै फिर्ता लैजान सकिने मन्त्रालयले जनाएको छ ।
RSS, IMAGECHANNEL