बाबुराम भट्टराईको “पिएचडी” उपाधी झुट ?

रविन्द्र सुबेदी

 

बाबुराम भट्टराईको 'पिएचडी' उपाधी झुट ?काठमाडौ  । संसारमा सबैभन्दा राम्रो बिक्ने ‘ब्राण्ड’ के हो थाहा छ तपाईँलाई ? त्यो झुट ‘ब्राण्ड’ हो, जसले जति धेरै झुट बोल्न, गर्न र लेख्न सक्यो त्यो रातारात मालामाल । यस्ता धेरै झुट र झुट बोल्ने मान्छे छन् संसारमा । कसैले त्यसलाई वाह !! वाहको सम्मान दिन्छन्, त्यसलाई कसैले घृणा गर्छन् । केहि उर्जाशिल झुटहरु जो जिबन्त बन्न सक्छन् । मिलाएर प्रयोग गरिएका आलंकारिक झुटहरु साहित्य बन्न सक्छन् ।

 घरको कोठाभित्र महिनौँ बसेर रचना गरिएका झुटले संसार भरिका मानिसलाई जुरुक्क उठाउन सक्ने गीत बन्छन्, महिनौ कल्पेर लेखिएका झुट आँङनै जिरिङ्ग बनाउने चलचित्र वा नाटक वा कथा बन्न सक्छन् । नेपालमा मदन पुरस्कार पाउने कृतिहरु पनि झुट । नोबेल पुरस्कार पाउने साहित्य पनि झुट । साहित्यिक झुटः त्यसको लेखन र शब्द संगठनले त्यसलाई जिवन्त बनाईदिन्छ, जो सत्यको नजिक होस् । साहित्यको झुट जो कसैलाई डुबाउने वा उठाउने गरी भन्दा पनि जिवन दर्शनलाई थप उर्जा प्रदान गर्ने गरी लेखिएको हुन्छ, जसले कसैको जिवनमा नकारात्मक होईन सकारात्मक प्रभाव पारिरहेको हुन्छ, यसलाई झुट होईन सृजनाको उपमा दिईन्छ ।


यहि समाजमा अर्को झुट पनि छ, जहाँ राजनीतिक कुटीलताको निर्जिव तत्वलाई सजिव बनाउने मिथ्या कोशिस गरिन्छ ।


हामि जति धेरै झुट बोल्न सक्छौं, झुटो काम गर्न सक्छौं वा ठग्न सक्छौं त्यतिनै महान बन्दा रहेछौं । चलचित्र, साहित्य र गीत आदिसंगै इस्वी संवतको १४ औं शताब्दीबाट सुरु भएको झुटको खेती अहिले झनै मौलाईरहेको छ । कसैको झुट विश्वव्यापी बन्न सक्छन्, कसैको झुट साँघुरो घेरामै सिमित हुन सक्छ, त्यो उसको झुटकलामा भर पर्छ ।

हाम्रो देशमा यस्ता धेरै झुटहरु छन् ।

हामिले जसलाई महान भनेर, निकै बुझक्कड भनेर सम्मान दिईरहेका छौं ति पनि झुट रहेछन् । कस्तो आश्चर्य ?
प्रशंग एकीकृत माओवादीका नेता  डा.(कथित) बाबुराम भट्टराईको हो । दश बर्षे सशस्त्र युद्ध गरेर जंगल छोडी शहरमा बसोबास गर्दै आएका भट्टराईमाथि गम्भीर झुटको ‘ब्लेम’ लागेको छ । उनले प्राप्त गरेको भनिएको ‘पिएचडी’ उपाधिमा गम्भीर प्रश्न चिन्न उठेको छ । कुरै त हो कसैलाई झुट सावित गर्न बाबुरामले हजारौं मिठा शब्दको माला उन्न सक्छन् । कसैलाई जापान र अमेरिका अनि भारतको एजेन्ड भन्न सक्छन् । नानाभाती होटेल र यात्राका कपोकल्पीत पात्रहरुको उपस्थीति गराउन सक्छन् । आफुलाई मन नपरेको मान्छेले स्कलरसिप पायो भने चाकडीको संज्ञा दिन सक्छन् । के उनले आफ्नो स्नातक तह अनुत्तिर्णको मार्कसिट जलाएर नामका अगाडी डा. लेख्न सक्दैनन् ? कसले हेरेको छ उनको प्रमाण पत्र ? के को लागि चाहिन्छ उनको उपाधि नेपालमा ? कसैको आलोचना गर्न त पढ्नै पर्दैन ।