वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । मातृशिशुको मृत्युदर जिल्लामा घट्दै गएको छ । स्वास्थ्य सम्बन्धी चेतनामुलक शिक्षाले यसको संख्यामा कमी आएको हो ।
सचेतनापछि अस्पतालमा सुत्केरी हुनेको संख्या पनि पछिल्लो पटक हवात्तै बढेको छ । गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक तथ्याकं अनुसार मातृ मृत्यु गत वर्ष सात जनाको भएकोमा यस वर्ष एक जना मात्र भएको छ । नवशिशु मृत्यु संख्या २९ थियो भने अहिले २३ र मृत शिशु जन्म ५६ बाट घटेर ३८ मा झरेको जनस्वास्थ्य अधिकृत लिला गौतमले बताए । अस्पताल र स्वास्थ्य संस्थामा सुत्केरीको संख्या बढेको छ । यो वर्ष ११ सय ५६ जना महिला सुत्केरी भएको उनले बताए । गाउँका स्वास्थ्य संस्थामा १३ प्रतिशतबाट बढेर अहिले २द्द प्रतिशत पुगेको छ । गर्भवतीले नियमित स्वास्थ्य परीक्षण ३७ बाट बढेर ९७ प्रतिशत पुगेको गौतमले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको साझेदारीमा युएसएसडीपिको आर्थिक सहयोगमा हेल्थराईट ईन्टरनेशनल र मिराले गरेको चार वर्षे सुरक्षित मातृशिशु स्वास्थ्य कार्यक्रमले मातृशिशुमृत्युदर घटेको हो । चेतनापछि महिलाले परिवार नियोजनका साधन प्रयोग गर्न थालेका छन । यस्ता साधानप्रयोग गर्ने महिलाको संख्या २२ बाट २७ प्रतिशत पुगेको छ । सुत्केरी, आमा र बच्चाको स्वास्थ्यको लागि गाउँमा चेतना अभिवृद्धि भएपछि स्वास्थ्य सेवाप्रति आकर्षण बढेको हो ।
गर्भवती हुँदा बच्चा र आमालाई खतरामुक्त गराउने नियमित स्वास्थ्य संस्थामा जचाउन जानेक्रम बढदै गएको छ । सुत्केरी हुँदा के गर्नुपर्छ ज्ञान थिएन, नरपानी गाउँकी गर्भवती कमला केसी भन्छिन, पहिलो छोरा जन्माउदा सुविधा लिन सकिन, अहिले म गर्भवती छु शुरुमा रगत चेक गराउने देखी नियमित जाँच गराएकी छु, दुई बच्चा भएपनि अर्को जन्माउदैन हमी दुई हाम्रा दुई भन्ने नारालाई साथ दिन्छु । चेतनाको अभावमा पहिले दर्जन बच्चा जन्माएपनि अब त्यस्तो गाउँ कोही आमा जन्माउन मान्दैनन र चेतना भैसकेको उनले बताईन ।
जिल्लाको नरपानी, ठाडा, सिद्धारा, पोखराथोकमा प्रसुती सेवा भएकाले सबै ठाउँमा वर्षमा २० देखी ८० जनासम्म सुत्केरी हुन आउने गर्छन । गाउँका प्रसुती सेवा र स्थास्थ्य संस्थामा हुने औषधी छ छैन निगरानी गर्ने र आवश्यक पर्ने जनसुकै कुरा कमी हुन नदिन गठित व्यवस्थापन समितिले रेखदेख गरिहेको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. यमबहादुर बस्नेतका अनुसार पछिल्लो पटक मातृशिशु र सुत्केरीमा परिवर्तन भएको छ । यसलाई अझै प्रभावकारी बनाउन थप घरदैलो अभियानबाट चेतनामुलक कार्यक्रम लागु गरिने उनले बताए । घरमंै सुत्केरी हुने र अकालमै आमा र बच्चाको मृत्यु हुनबाट बच्न अपनाउनुपर्ने कुराहरुको बारेमा गाउँ पिच्छे जिल्लाको ४२ वटै गाविसमा रहेका महिला स्वयमसेवक र स्वास्थ्य संस्थामा कार्यरत अनमी, अहेव, नर्सलाई यस सम्बन्धी तालिम दिएपछि मातृशिशु मृत्युदर घटेको र अस्पतालमा सुत्केरी हुनेको संख्या बढेको स्वास्थ्य कार्यालय अन्तरगत हेल्थ राईट ईन्टरनेशनलकी जिल्ला संयोजक सुशिला झाले बताईन । जिल्लाको १४ गाविसमा तालिमप्राप्त दक्ष प्रसुतीकर्मीबाट २४ सै घण्टा प्रसुती सेवा सञ्चालनमा छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।