सिरियामा जारी हिंसाका कारण पचास प्रतिशत बालबालिका कुपोषणको शिकार

सिरिया । सिरियामा जारी हिंसाका कारण पचास प्रतिशत बालबालिका कुपोषणको शिकार भएका छन् । सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिबेदन अनुसार लाखौंको संख्याका बालबालिका भोकमरीमा पर्नुका साथै औषधोपचार अभावका कारण कुपोषणको शिकार बनेका छन् । 

 

सिरियामा जारी हिंसाका कारण शरणार्थीका रुपमा अन्यत्र पलायन भएका बालबालिका र सिरियामै रहेका बालबालिका खानका अभावका कारण बिरामाी परेको र उपचारको ब्यबस्था नभएका कारण मारमा परेका हुन् ।


सिरियाका एलोप्पो र होम्स शहरमा रहेका अधिकांश जनता कुपोषण शिकार बन्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट सार्वजनिक गर्दै सेभ द चिल्ड्रेनले ती बालबालीकाका जीवन रक्षाका लागि बिश्व समुदायलाई अपील गरेको छ ।

 

Agencies