पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध १६ विद्यार्थी संगठनद्धारा देशभरका प्रदर्शन

काठमाडौं  । पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध १६ विद्यार्थी संगठनले आज देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान २ घण्टा देशभरका क्याम्पस अगाडि प्रदर्शन गरी गाडी गुड्न दिएनन् ।


सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै १६ विद्यार्र्थी संगठनले दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।


उनीहरुले आश्विन १० गते आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने र ११ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।


निगमले हालै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टितेल र डिजलमा प्रतिलिटर ३