आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावका लागि उम्मेदवारी दिने दिन नजिकिँदै गर्दा दलहरु उम्मेद्वार छान्न व्यस्त

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावका लागि उम्मेदवारी दिने दिन नजिकिँदै गर्दा दलहरु उम्मेद्वार छान्न व्यस्त भएका छन् ।

 

मूख्य प्रतिष्पर्धी मानिएका एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला आगामी निर्वाचनमा उठाउने आफ्ना उम्मेदवार छान्न व्यस्त छन् ।

लामो खिंचातानीपछि संसदीय समिति बनाएको नेपाली कांग्रेस हिजोदेखि उम्मेदवार छान्न घनिभूत छलफलमा जुटेको छ । आजसम्ममा कांग्रेसले हिमाली जिल्लाका उम्मेद्वारको टुङगो लगाउने बताएको छ ।


आगामी आइतबारभित्र प्रत्यक्ष र समानुपातिकतर्फका सबै उम्मेदवार छनोट गरिसक्ने तयारी भएको कांग्रेस संसदीय बोर्डमा रहेका नेताहरुले बताएका छन् ।


यसका लागि आज पनि विहानैदेखि संसदीय समितिको बैठक बसिरहेको छ । बैठक अवधिभर कार्यालय परिसरमा बोर्ड सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।


नेकपा एमालेले पनि स्थायी समितिको बैठकबाट उम्मेदवार छनोट गर्दैछ ।

 

RSS