धनकुटा । संविधानसभा निर्वाचनका लागि पूर्वाञ्चलका जिल्लाहरु बढी संवेदनशील देखिएको छ ।
त्यसमा पनि ताप्लेजुङ्ग, सप्तरी र सिराहा सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
सिराहा र सप्तरीमा सिमापारवाट हुने अपराधिक घटना, ससस्त्र समुहको गतिबिधि तथा ताप्लेजुङ्ग अपराधिक घटना र बहिष्कारवादीहरुको क्रियाकलापले गर्दा अरु जिल्ला भन्दा संवेदनशील रहेको क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै धनकुटा, तेह्रथुम, पाँचथर, मोरङ्ग र सुनसरी जिल्लामा हुने गरेको अपराधिक घटना तथा बहिष्कारवादीहरुको क्रियाकलापले गर्दा संवेदनशील जिल्लाको रुपमा लिइएको छ । पूर्वका अरु आठ जिल्लालाई भने सामान्य जिल्लाको रुपमा लिइएको छ ।
RSS, IMAGECHANNEL