जम्मु कश्मिरको प्रहरीचौकीमा पृथकतावादी समूहले आक्रमण गरी ८ जनाको हत्या

नयाँदिल्ली । भारत नियन्त्रित जम्मु कश्मिरको कठुवा जिल्लाको प्रहरीचौकीमा पृथकतावादी समूहले आक्रमण गरी ६ सुरक्षाकर्मीसहित ८ जनाको हत्या गरेको छ । जम्मु कश्मिरको कठुआ जिल्लाको हीरानगर प्रहरीचौकीमा सेनाको पोशाकमा अत्याधुनिक हतियारसहित प्रवेश गरेका उनीहरुले अन्धाधुन्ध गोली प्रहार गरी ४ प्रहरी र २ सर्वसाधारणको हत्या गरेको प्रहरीले जनाएको छ । 
चौकी आक्रमण लगत्तै उनीहरुले ट्रक अपहरण गरेर नजिकैको साम्बा जिल्लाको सैनिक शिविरमा आक्रमण गर्दा २ सैनिकको ज्यान गएको छ । पृथकतावादीको आक्रमणपछि सो क्याम्पमा दोहोरो भिडन्त भएको छ । 
पृथकतावादीहरु सैनिकहरुले खाना खाने भवनमा प्रवेश गरेपछि सेनाले सो भवनलाई खाली गराई आक्रमणकारीहरुलाई घेराबन्दी गरेको छ । सो क्रममा दुई पृथकतावादी मारिएका छन् । सैनिक कारबाही जारी रहेको बीबीसीले जनाएको छ । 
द्धिपक्षीय मामिलामा भारतीय र पाकिस्तानी प्रधानमन्त्रीवीच अमेरिकाको न्यूयोर्कमा वार्ता हुने तय भएको बेला पृथकतावादीले हिन्दु बाहुल्यता रहेको कास्मिरी क्षेत्रमा आक्रमण गरेर नयाँ परिस्थिति उत्पन्न गराएका छन् । 
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आइतबार भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उच्चस्तरीय वार्ता गर्ने तय भएको जनाइएको छ । 
भारतीय विपक्षी दल भारतीय जनता पार्टीले कास्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी प्रधानमन्त्री सरिफसँगको वार्ता रद्द गर्न प्रधानमन्त्री मनमोहन सिंहलाई दबाब दिएको छ । सिंह र सरिफबीच भारत