चुनावमा खटिने म्यादी प्रहरीका लागि नेकपा-माओवादीका कार्यकर्ताले धमाधम फारम भर्दै

डडेल्धुरा । संविधानसभा चुनावको सुरक्षामा खटिने म्यादी प्रहरीका लागि चुनाव बहिष्कारको नीति दिएको नेकपा-माओवादीका कार्यकर्ताले धमाधम फारम भरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा बैद्य माओवादीका कार्यकर्ताले लाइन लागेर फारम भरेका थिए ।