काँग्रेस, एमालेद्धारा संविधानसभाको निर्वाचनको लागि उम्मेदवार सार्वजनिक गर्दै

नेपाली काँग्रेसले अर्का संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीमा उम्मेदवार हुने सबै उम्मेदवारको नामावली सर्वसम्मतरुपमा छनोट गरी आउँदो आइतबारसम्ममा सार्वजनिक गर्ने जनाएको छ ।
 
नेपाली काँग्रेस संसदीय समितिले आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने व्यक्तिको नाम छनोट कार्यलाई तीव्रता दिएको छ ।
 
त्यसका लागि संसदीय समितिले पाँच दिनदेखि निरन्तर दैनिकरुपमा १२ घन्टासम्म बैठक राखेर क्षेत्र र जिल्ला समितिले प्रस्ताव गरेका उम्मेदवारको नाम छनोटको कामलाई मसिनोसँग अध्ययन गर्दै आएको छ ।
 
नेपाली काँग्रेसले क्षेत्रीय समितिको सिफारिस, उम्मेदवारको जनप्रियता, योग्यता, क्षमता र निरन्तरताका आधारमा जो प्रभावकारी छ त्यसलाई नै टिकट दिनुपर्छ भन्ने आम कार्यकर्ताको भावनालाई आत्मसात् गरी कार्यविधि र मापदण्ड बनाएर उम्मेदवार छनोटको काम सुरु गरेको थियो ।
 
निर्वाचनको समय नजिकिदासमेत नेपाली काँग्रेसले उम्मेदवार छनोटका लागि संसदीय समिति गठन नगरेको भनी चौतर्फीरुपमा टीकाटिप्पणी हँुदै आएकोमा समितिको गठनलगत्तै निरन्तररुपमा बैठक बसेर उम्मेदवार छनोटलाई उच्च प्राथमिकता दिइनुले निर्वाचनको वातावरणलाई थप ऊर्जा प्रदान गरेको छ ।
 
आजको बैठकपछि पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवार चयनका सम्बन्धमा ५० जिल्लाबाट उम्मेदवारका लागि प्रस्ताव भई आएका नामावलीमाथिको प्रारम्भिक छलफल गरी टुङ्ग्याउने क्रम चलिरहेको जानकारी दिए ।
 
पर्सि असोज १३ गतेसम्ममा प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीतर्फका ३३५ उम्मेदवारको नामावली सार्वजनिक गर्ने उनले सञ्चारकर्मीलाई जानकारी दिए ।
 
उम्मेदवारलाई न्याय तथा पार्टीको विजय सुनिश्चित हुने गरी उम्मेदवारको नाम छनोट कार्यलाई अत्यन्तै मेहनतका साथ मसिनो गरी सर्वसम्मतका आधारमा अघि बढाइएको बताउँदै महामन्त्री सिटौलाले उम्मेदवारको छनोट कार्य सकिनासाथ नेपाली काँग्रेस एकढिक्का भएर पारस्परिक एकता, सहमति, सहकार्यका साथ जनताको घरदैलोमा जाने उल्लेख गरे ।
 
 नेपाली काँग्रेसले राष्ट्रिय जीवनका विभिन्न विधामा रहेर लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा योगदान पु