ओबामा र इरानी राष्ट्रपति हसन रुहानीबीच टेलिफोन वार्ता

इरानको परमाणु कार्यक्रमवारे अमेरिकी राष्ट्रपति बाराक ओबामा र इरानी राष्ट्रपति हसन रुहानीबीच टेलिफोन वार्ता भएको छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले इरानका शीर्ष नेतृत्वसंग गरेको यो ३० वर्ष यता कै पहिलो कुराकानी हो । यो टेलिफोन कुनाकानीलाई अमेरिकी राष्ट्रपति ओबामाले इरानी नेतृत्वसंग उसको परमाणु कार्यक्रममा देखिएको समस्या समाधानका लागि विशेष अबसर भएको उल्लेख गरे । 





टेलिफोन वार्तामा दुई मुलकुका राष्ट्रपतिबीच इरानको परमाणु कार्यक्रमलाई लिएर सम्भावित सम्झौताको सन्दर्भमा पनि कुराकानी भएको थियो । ओबामाले छलफलका क्रममा आउने बाधा व्यवधान र सफलताको कनु निश्चितता नभएपनि कुनै न कुनै निश्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । दुई नेता परमाणु विवादमा राजनीतिक समाधान खोज्न एकमत भएका छन् । 





इरानी राष्ट्रपतिले परमाणु मुद्धामा प्रगति भएमा अरु विषयमा सकारात्मक असर पर्ने ट्वीटरमा उल्लेख गरेका छन् । उनले राजनीतिक इच्छाशक्तिका साथ परमाणु विवाद समाधान गर्न सकिने पनि बताए । रुहानीले इरानको परमाणु कार्यक्रमका विषयमा तीन देखी छ महिना भित्र सम्झौता गर्न चाहेको बताइसकेका छन् । इरानमा बिहिवार मात्र विश्व शक्ति राष्ट्रसंघ यूरेनिमय सम्बर्धनका विषयमा छलफल भएको थियो । Agencies