काठमाडौं । विश्व रेबिज दिवस रेबिजलाई बुझौं र परास्त गरौं नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । रेबिज विरुद्ध पहिलो पल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको हो ।
भेटेरिनरी जनस्वास्थ्य कार्यालयले गएको असोज ६ गतेदेखि नै दिवसका अवसरमा जनचेतनामूलक सप्ताहव्यापी कार्यक्रम गरिहेको छ । रेबिज रोग, रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो । रोगका जिवाणुहरु रोगी पशुको