भारतको मुम्बईमा चार तल्ले आवासीय भवन भत्किंदा मर्नेको संख्या २९

मुम्बई  । भारतको मुम्बईमा चार तल्ले आवासीय भवन भत्किंदा मर्नेको संख्या २९ नाघेको छ । हिजो भएको उक्त घटनामा भत्किएको भवनभित्र च्यापिएकाहरु मध्ये अहिलेसम्म ३२ जनालाई जीवितै बाहिर निकालिएको छ ।


उद्दार गरिएका मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । भवनभित्र अझै धेरै मानिस च्यापिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।


भवन भत्कनुको कारण भने खुल्न सकेको छैन । मुम्बईमा गत अप्रिल र जुन महिनामा मात्रै ५ वटा भवन भत्किंदा सय भन्दा बढीको मृत्यु भएको थियो ।
 

AGENCIES