एमाओवादी, राजमो घरदैलोमा, कांग्रेस र एमाले नेता राजधानीमै

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । टिकटका लागि गुटबन्दी गरेर राजधानीमै बसेका नेताहरु जिल्ला फर्केका छैनन् । एमाओवादी घरदैलो अभियानमा लागेको छ भने कांग्रेस एमालेका नेताहरु महिना दिनदेखी सिफारिस उम्मेदवारको टुंगो लगाउन गुटगत रुपमा केन्द्रिय नेतासँग धाईरहेका छन । कांग्रेसका दुवै क्षेत्रमा र एमालेको क्षेत्र नं.२ मा चरम गुटवन्दी छ । एमालेबाट १ मा सर्वसम्वत सिफारिस भएका नरेन्द्र कुमार क्षेत्री भोट माग्दै गाउँमा हिडेका छन । क्षेत्र नं. १ मा एमाओवादीबाट सिफारिस नेता टोपबहादुर रायमाझी र २ का उम्मेदवार विष्णुहरि शर्मा सहितका जिल्ला नेता मत तान्न घरदैलोमा लागेका छन । 
कांग्रेसको भने चुनावी कार्यक्रम गाउँमा शुन्य भएकाले कार्यकर्ता निराश छन । अब एक दुई दिनमै उम्मेदवारको टुंगो लाग्ला, काग्रेस सचिव वासुदेव आचार्यले भने, त्यसपछि जिल्लामा फर्केर उम्मेदवार लिएर गाउँमा जान्छौं । जिल्लामा चौथो शक्ति राष्ट्रिय जनमोर्चाले १ मा महासचिव सन्तबहादुर नेपाली र २ मा अञ्चल उपाध्यक्ष शेरबहादुर विसी उम्मेदवार भएका छन । उसले पनि जनमत बटुल्न गाउँ चाहारेको छ । धेरै उम्मेदवारका आकाक्षी भएपनि काग्रेसको १ मा विष्णु मुस्कान, रामबहादुर विसी, मानबहादुर विश्वकर्मा र रेवती भुसाल २ मा केन्द्रिय सदस्य पुष्पाभुसाल, कमल भुसाल र वासुदेव आचार्यबीच आ-आफनो पक्षमा गुटवन्दी गरेर सभापति सुशिल कोईराला, वरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताकहाँ महिना दिनदेखी धाईरहेका छन ।  एमालेको २ मा डा.दुमन थापा र पिताम्बर भुसालबीच गुटवन्दी गरेर झलनाथ खनाल, माधव नेपाल र केपी ओलीकहाँ धाएका छन । 
२०६४ मा दुवै क्षेत्र गुमाएको एमालेले लोकप्रिय उम्मेदवार भए जित्न सक्ने दावी गरेको छ । १ मा एकल उम्मेदवार क्षेत्री खनाल पक्षका हुन भने २ मा थापा ओली पक्षका हुन । थापा आए २ मा जित्न सकिने एमालेका अधिकांश नेताको दावी छ ।
एमाओवादीले १ मा केन्द्रिय सदस्य चन्द्रबहादुर खडका र २ मा कमल खनाललाई चुनावी संयोजक तोकी पुर्वमन्त्री रायमाझी दुवै क्षेत्रमा हुने चुनावी सभा देखी वस्ती पिच्छे नै घर-घरमा हिडे्का छन । कांग्रेसको दुवै क्षेत्रमा चुनावी गतिविधी छैन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु