काठमाडौं । संविधानसभा चुनावको सुरक्षालाई लक्षित गर्दै सरकारले एकसाता भित्र व्यक्तिगत सुरक्षा प्रयोजनका लागि लिइएका हतियार बुझाउन दिएको एक साताको समय आज सकिएको छ । गत आइतबारबाट ब्यक्तिगत प्रयोजनका लागि लिईएको हतियार बुझाउने क्रम शुरु भएपनि अहिलेसम्म इजाजत प्राप्त मध्ये आधाले मात्र हतियार बुझाएका छन् ।
गृह मन्त्रालयले नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा गएर हतियार खरिद गर्दाको इजाजत पत्रसहित हतियार र गोली गठ्ठा बुझाउनु पर्ने निर्देशन जारी गरेको थियो ।
लाइसेन्स लिएका हतियार पनि दु्रुपयोग हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । तोकिएको अवधीभर हतियार नबुझाएमा कडा कारबाही हुने र हतियार पनि जफत हुने छ । RSS, IMAGECHANNEL