संविधानसभाको चुनावमा सेना परिचालन गर्ने निर्णयकोविरुद्ध अरुण पूर्वका ९ जिल्लामा वन्दको आव्हान

पाँचथर । संविधानसभाको चुनावमा सेना परिचालन गर्ने निर्णयकोविरुद्ध पल्लो किराँतले आज अरुण पूर्वका ९ जिल्ला वन्दको आव्हान गरेको छ । 

लिम्वुवान क्षेत्रमा सेना परिचालन गर्ने निर्णयले आफूहरुलाई गम्भिर आघात पुग्ने भन्दै पल्लो किराँतले वन्दको आह्वान गरेको हो । बन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङखुवासभा लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । 
बन्दका कारण बजार, यातायात र शिक्षण संस्था ठप्प छन् । मेची राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालनमा आउन सकेका छैनन् ।  RSS, IMAGECHANNEL