अर्घाखाँचीमा नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाद्धारा चुनावी कार्यक्रम बन्द गर्न चेतावनी

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची।  निर्वाचनको विरोध गर्दै आएको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन सम्वन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन कार्यालयलाई चेतावनी पत्र बुझाएको छ । 
मोर्चाका अर्घाखाँची संयोजक भोलानाथ बस्यालको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालयमा गएको टोलिले कार्यालयका प्रमुखलाई सचेतना पत्र बुझाउदै बैदेशिक शक्तिकेन्द्रको निर्देशनमा हुन लागेको निर्वाचनले मुलुकलाई द्धन्द्धमा लैजाने भन्दै निर्वाचन सम्वन्धी सम्पूर्ण गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । 
बर्तमान निर्दलीय सरकारले सेना परिचालन गरि दलिय सहमति बाहिर गइ गराएको निर्वाचनले मुलुकलाई निकास दिनको सट्टा मुलुक सिक्किमिकरणको दिशामा उन्मुख हुनुका साथै देशमा द्धन्द्ध समेत बढ्ने भएकाले राष्ट्रिय स्वधिनताको रक्षा र शान्तिको लागि सरकारको निर्देशन उल्लघन गरि निर्वाचन सम्वन्धी सम्पूर्ण गतिविधि वन्द गर्न निर्वाचन कार्यालयलाई आग्रह गरिएको छ । 
आफ्नो मागलाई बेवास्ता गर्दै जवजस्ती निर्वाचन गरिए परिणाम गंभिर हुने चेतावनी पनि मोर्चाले दिएको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु