प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सार्क निर्वाचन आयुक्तहरूको बैठकका लागि सोमबार अपराह्न भुटानको राजधानी थिप्पु जाँदैछन् ।
संविधानसभा निर्वाचन तयारीको व्यस्तताका कारण उनी चारदिने (असोज १५-१८) सम्मेलनको उद्घाटनमा मात्र सहभागी भएर र्फकने छन् । ‘सार्कका एक देशको मात्र प्रतिनिधित्व नहुँदा पनि बैठक नै बस्न नसक्ने भएकाले जानैपर्ने बाध्यता परेको हो,’ उनले भने, ‘निर्वाचन तयारीको व्यस्तताकै कारण भ्रमण छोट्याइएको हो ।’
उप्रेतीको सचिवालयका अनुसार मंगलबारको उद्घाटन समारोहमा सहभागी भएर उनी बुधबार बिहानै स्वदेश र्फकने छन् ।
निर्वाचन कार्यतालिका हेरफेर भएपछिको बढ्दो कार्यचापका कारण प्रमुख आयुक्त उप्रेतीले कोरिया भ्रमण रद्द गरेका छन् । दक्षिण कोरियामा असोज २८ देखि ३१ गतेसम्म आयोजना हुने छैटौं विश्व निर्वाचन संगठनको सम्मेलनमा भाग लिन जान उप्रेतीलाई मन्त्रिपरिषद्ले भदौ १७ गते नै स्वीकृत दिएको थियो ।
निर्वाचन संगठनहरूको अन्तर्राष्ट्रिय संगठन निर्माणका लागि कोरिया सम्मेलन हुन लागको हो । एक दशकदेखि निर्वाचन संगठनहरूको प्रत्येक दुई/दुई वर्षमा सम्मेलन हुँदै आए पनि उनीहरूको स्थायी संगठन छैन ।